सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

२०७० चैत्र २४ गते, सोमबार


काठमार्डौ, २४ चैत। काठमाडौँको सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु भएको छ । उक्त जात्रा चैत २८ गतेसम्म हुने बताइएको छ ।हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि एकादशीसम्म यो जात्रा हुने गर्दछ । काठमाडौँको तीनधारा पाठशालाबाट सुरु भई पाँच दिनसम्म सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालन हुने सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।
जात्राको पहिलो दिन तीनधारा पाठशाला, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म, दोस्रो दिन असनदेखि बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म, तेस्रो दिन हुनमानढोका, चिकंमुगल, जैसीदेवल, ज्याःबहाल हुँदै लगन टोलसम्म पुर्‍याई चौथो दिन लगनमा आमा रुख परिक्रमा गराइन्छ । पाँचौं दिन लगन, ज्याःबहाल, यूतुननि, कोहिटी, भीमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालमै मच्छिन्द्रनाथलाई फर्काइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार