जनअदालत ब्यूतँन सक्छ : किरण
काठमाडौं,२५ चैत । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले युद्धकालमा भएका घट्ना व्यूताँएर राज्यले धरपकड सुरु गरे जनअदालत ब्यूताउने चेतावनी दिएका छन् ।
हिजो सुनसरी जिल्ला सम्मेलनको इटहरीमा उद्घाटनपछि नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सरकारले धरपडक जारी राखे आफूहरु जनअदालत ब्यूँताउन बाध्य हुनेबताएका हुन् ।
अध्यक्ष किरणले सरकारले शान्ति सम्झैतापछि माओवादीसँग भएको सहमति र सम्झौताहरु पालना नगरेको ठोकुवा गरे । नेकपा–माओवादी संविधानसभा बाहिर रहेकोले संविधान बन्ने कुनै छाँटकाट नदेखिएको किरणको भनाई छ ।