लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्ने

२०८० जेष्ठ ७ गते, आईतवार


काठमाडौँ। लुम्बिनी विकास बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ बिक्री खुला गर्न लागेको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जेठ १६ गतेदेखि बिक्री खुला गर्ने भएको हो । यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।
सर्वसाधारणका लागि जारी गरिने इकाइमध्ये सामूहिक लगानी कोषलाई २० हजार कित्ता सुरक्षित गरिएको छ। बाँकी ३ लाख ८० हजार कित्तामा लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा बिक्री प्रबन्धको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ३० गतेसम्म खुला रहनेछ। यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिने व्यवस्था पनि छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु