नेप्से परिसूचक ५१ अंकले वृद्धि

२०८० जेष्ठ ९ गते, मंगलवार

काठमाडौँ । आज नेप्से परिसूचक ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो भने कारोबार समेत बढेर २ अर्ब नाघ्यो । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र लघुवित्त समूहमा ४ प्रतिशत बढीको वृद्धि आयो । दुबै बीमा र व्यापार समूह पनि करिब ४ प्रतिशतले उक्लिए । होटल तथा पर्यटन र वित्त समूह पनि ३ प्रतिशत बढीले सुधारिए । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले उकालो लागे । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७१ कम्पनीको ६१ लाख बराबर कित्ता शेयर २ अर्ब २० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन २ सय १९ कम्पनीका लगानीकर्ताले कमाउँदा जम्मा २ कम्पनीकाले गुमाए ।
यसदिन कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु