अखिल क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा पार्टी हेडक्वाटरलाई

२०७० चैत्र २६ गते, बुधबार


२६ चैत, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनबारे बिबाद भएपछी क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा पार्टी हेडक्वाटरलाई
दिएको छ । बुधबारको बन्दसत्र सुरु हुनासाथ सहमतिकै आधारमा नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी सुरु भएको थियो । त्यसक्रममा केही भने निर्वाचन गरेर भए पनि नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी भएको छ । ‘करीब आधा घण्टा दोहोरो नाराबाजी भएपछि बन्दसत्र स्थगित भएको छ’ एक नेताले भने ।
विवादपछि पदाधिकारीहरुले हस्ताक्षरसहितको पत्र केन्द्रीय कार्यालयमा पठाएर निर्वाचन गर्न नसक्ने बताएका छन् । हल विभाजित भएको भन्दै पत्रमा पार्टीले छान्ने नेतृत्व स्वीकार गर्ने गरिएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड रमेश मल्ललाई अध्यक्ष बनाउने पक्षमा छन् भने जागृत रायमाझीलाई नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समर्थन छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु