नेकपा पश्चिम अछामद्वारा लघुवित्तमा तालाबन्दी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले लघुवित्तमा तालाबन्दी गरेको छ । अछामको साँफेबगरमा रहेका एन एम वि लघुवित्तिय संस्था लि. र छिमेक बैंक लघुवित्तिय संस्था लि. मा तालाबन्दी गरिएको हो । चर्को ब्याजदर १ अङकमा नझारेको , ऋणीहरुलाई मानसिक यातना दिनुका साथै गाउँ छोड्न , देश छोडन र आत्महत्या गर्न बाध्य पारेको , बचत फिर्ता गर्न अटेरी गरेको , नगद धरौटीको नाममा लाखौं रकम हिनामिना गरेको, पैसाको ब्यापार गरि लुट मच्चाएको ,नेपाल रास्ट्र बैंकले निर्देशन गर्दापनी सेवा शुल्क ,विमा शुल्क लगायत अन्य शुल्कहरु खारेज नगरेको भन्दै तालाबन्दी गरेको नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामका सचिव निरक सी ले बताए ।- खेमराज बुढा
