‘ छिट्टै समाजवादी मोर्चा बन्छ’

२०८० जेष्ठ १५ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिष्टहरु बीचको समाजवादी मोर्चा छिट्टै बन्ने बताएका छन् ।
जेठ १५ गते सुर्खेतको दशरथपुरमा हुने जनसभा र पार्टी प्रशिक्षणलाई सम्वोधन गर्न जान लागेका महासचिव विप्लवले आइतबार कोहलपुरमा नेकपा बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । महासचिव विप्लवले पुरानो सत्ता चरम संकटतिर गएको र यो पुरानै तरिकाले चल्न नसक्ने ठोकुवा गरे । उनले तत्काल नेकपा एमाले, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी बाहेक अरु कम्युनिष्ट शक्तिहरु बीच समाजवादी मोर्चा बन्ने सम्भावना रहेको दावी गरे ।
महासचिव विप्लवले नेपालमा अहिलेको संसदीय व्यवस्था असफल भएको भन्नेमा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, नेकपा समाजवादी पार्टी र आफ्नो पार्टी बीच मोटा मोटी सहमति भएकाले मोर्चा बन्ने सम्भावना रहेको खुलासा गरे ।
उनले दलाल संसदीय व्यवस्थालाई बदल्ने शर्तमा समाजवादी मोर्चा बन्ने बताउदै समाजवादी मार्चाले दलाल संसदीय व्यवस्थाको प्रणाली स्वीकार गर्न नसक्ने बताए ।
उनले जनताका लागि केही गर्ने इच्छाशक्ति नेकपामा रहेकाले अब यो भन्दा राम्रो व्यवस्था ल्याउन सबै कम्युनिष्ट शक्ति, देशभक्त, प्रगतिशील जनशक्ति र कम्युनिष्ट जनमतहरु एक ठाउँमा आउनुको विकल्प नरहेको समेत बताए । उक्त अवसरमा नेकपा बाँकेले महासचिव विप्लवलाई भव्य स्वागत गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]