एमाले महाधिवेशन मुल समितिको बैठक बस्दै

२०७० चैत्र २७ गते, बिहीबार


काठमाडौ, २७ चैत। नेकपा एमाले नवौं महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।आगामी जेठ तेस्रो साता काठमाडौमा गर्ने भनिएको महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको नेता भीम रावलले जानकारी दिए ।बैठकमा महाधिवेशनका लागि अहिलेसम्म भएका तयारीका सम्बन्धमा छलफल हुने भएको छ ।
एमालेमा तोकिएको समयमा महाधिवेशन गर्ने कि केही पर सार्ने भन्ने विषयले पनि प्रवेश पाएको छ । महाविधेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनका लागि केही नेताहरु गोप्य रुपमा लागिरहेका छन् । बैठक केन्द्रीय कार्यालय बल्खुमा दिउसो १ बजेपछि बस्ने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु