मुलुकमा साम्राज्यवादको अतिक्रमण तिब्र

२०८० जेष्ठ १६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविनले मुलुकमा साम्राज्यवादको अतिक्रमण तिब्र भएको उल्लेख गर्दै एकीकृत जनक्रान्तिलाइ सुदृढ गर्दै वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्न नेता-कार्यकर्तालाई अपिल समेत गरे । सोमबार नेकपा दाङको बिशेष संयुक्त बैठकमा बोल्दै सो कुरा बताएका हुन्।
नेता सविनले भने – ‘नेपालमा संसदीय सत्ता सर्वाधिक संकटमा फसेको छ । भ्रष्टाचारमा राज्यसत्तामा बागडोर सम्हालेका उच्च पदस्थहरु सहभागी हुनुले यो सत्ताको संकटलाइ पुष्ठि गरेको छ । मुलुकमा साम्राज्यवादको अतिक्रमण तिब्र छ । यतिबेला हामिले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने छ ।अब यसका लागि विशाल कम्युनिस्ट पार्टी र संयुक्त मोर्चाको आवश्यक्ता रहेको छ । पार्टीले राष्ट्रको संकटलाइ निकास दिनका लागि कार्यगत एकता , सहकार्य , संयुक्त मोर्चा र मुद्दा मिल्नेहरुसंग पार्टी एकताको कार्यनीतिलाई अगाडि बढाउने छ । कमरेडहरु अब जनक्रान्तिलाइ दृढताका साथ अगाडि बढाउने बेला आएको छ । जुझारु ढंगले संगठन सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।’
नेता सविन सीले साम्राज्यवादले पुराना पार्टीको ठाउँमा रबिलाई उदय गराएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहेको बताउदै भने – ‘अमेरिकी साम्राज्यवादले पुराना परम्परागत पार्टीको ठाउँमा नयाँ पार्टी जन्माएर नेपालमा आफ्नो स्वार्थ सिद्ध गर्न चाहान्छ । पुराना अलोकप्रीय भएका नेताको विकल्पमा नयाँ रवीहरु मार्फत साम्राज्यवादी रणनीति नेपाललाई सामरिक हिसाबले प्रयोग गर्ने नीति छ । रवीहरुका बारेमा गाउँगाउँमा ठूला भ्रमहरु छन् । रवी सन २०१२ देखि अमेरिकी योजनामा नेपालमा कृयासिल रहेका थिए । उनी पुराना भन्दा फरक पनि होइनन् यो हामिले बुझ्नुपर्छ । रवीले पनि यहीँ असफल संसदीय व्यवस्थाको वकालत गरिरहेका छन् । आफ्नो नागरिकता ठिक गर्न नसक्नेले देशलाई समृद्ध बनाउछन भन्ने बिश्वास गर्नु मुर्खता हो । त्यो मात्रै होइन नि भर्खरै हामिले सबैले छर्लङ्ग देख्यौं नि सांसद बनाउन रवीले समानुपातिक सांसद बनाउन २ करोड सम्म बुझेका समाचार आइरहेका छन् । यसले पनि पुष्ठि गर्छ कि रवीहरु विकल्प होइनन् । अहिलेको विकल्प भनेको संकटग्रस्त दलाल पुजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै नेपालमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नु अपरिहार्य आवश्यक्ता हो ।’
उनले भ्रष्टाचार स्टेट क्याप्चरको अवस्थामा पुगेको भन्दै अगाडी भने – ‘भ्रष्टाचारका चरण हुने गर्छन् । पेटि भ्रष्टाचार हुँदै अहिले स्टेट भ्रष्टाचारको अवस्थामा नेपाल छ । यो भनेको राज्यसत्ता नै प्रत्यक्ष भ्रष्टाचारमा लिप्त भएको छ । अब यो मुलुक क्रीमिनल स्टेटमा बदलिदैछ त्यो भनेको अपराधिक मुलुक बनाउदैछन संसदवादी दलहरुले त्यसपछि स्टेट फेलर हुनेछ । यो राज्यव्यवस्था असफल सावित हुनेछ । यहीँ यथार्थ लुकाउन अहिलेको असफल राज्यव्यवस्था केही एकआध भ्रष्टाचार खोलेर भ्रमको खेती गरिरहेको छ ।’

प्रतिक्रियाहरु

[anycomment]