एमाले मुख्यालयमा श्रमिक संघको धर्ना
काठमाडौ, २७ चैत। नेपाल स्वरोजगार व्यापार श्रमिक संघले अहिले एमाले मुख्यालय बल्खुमा धर्ना दिईरहेको छ ।सडक व्यवसायीलाई सुरक्षित तथा दीर्घकालीन बैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने माग गर्दै उनीहरुले एमाले मुख्यालय धेराउ गरेका हुन् ।साथै उनीहरुले एमाले अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र पनि बुझाउने भएका छन् ।
यस अघि हिजो उनीहरुले एकीकृत नेकपा माओवादीको पार्टी कार्यलय घेराउ गरेका थिए ।स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनको व्यवस्था तथा व्यावसायिक परिचयपत्र लागू गर्नुपर्ने, स्वरोजगार व्यवसायीमाथि हुने दुव्र्यवहार बन्द गर्नुपर्ने, व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।सरकारले गत फागुन १४ देखि सडकमा व्यवसाय गर्दा पैदल यात्रुहरुलाई हिँडडुल गर्न समस्या आएको भन्दै सो व्यवसाय सञ्चालनमा रोक लगाएको छ ।