सर्वोच्चका अस्थायी न्यायधीशको पदाबधी सकिदै
काठमाडौ, २८ चैत।सर्वोच्च अदालतका पाँचजना अस्थायी न्यायधीशको म्याद आजवाट सकिदैंछ ।अस्थायी न्यायाधीशहरु तर्कराज भट्ट, प्रकाश वस्ती, ज्ञानेन्द्रबहादुर कार्की, वैद्यनाथ उपाध्याय र भरतबहादुर कार्कीको कार्यकाल सकिन लागेको हो ।
न्यायपरिषद्ले समयमै निर्णय लिन नसक्दा यस्तो समस्या आएको हो । अब सर्वोच्च अदालतमा पाँच जना मात्रै न्यायाधीश हुनेछन् । कायम मुकायम प्रधानन्याधीश दामोदरप्रसाद शर्माको संसदीय सुनुनवाइमा भएको ढिलाइले अस्थायी न्यायधीशको म्याद थप्ने प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
शर्माको सुनुवाई शुक्रबार बिहान ११ बजे हुनेछ । अस्थायी न्यायाधीशको म्याद थप्नका लागि न्यायपरिषद्ले सिफारिस गर्नुपर्ने हुन्छ ।