प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन
काठमाडौँ, चैत २८ गते । संसदीय सुनवाइ विशेष समितिले कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि चयन गरेको छ ।आज बसेको समितिको बैठकले कामु प्रधानन्यायाधीश शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि दुई तिहाइले अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्ले गरेको सिफारिस समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।