नेकपा–माओवादी इलामको प्रथम जिल्ला अधिवेशन सम्पन्न

२०७० चैत्र २८ गते, शुक्रबार


काठमाडौ, २८ चैत। नेकपा–माओवादी इलामको आज सम्पन्न प्रथम जिल्ला अधिवेशनले सरिता राईलाई (सिन्धु) जिल्ला सचिवको जिम्मेवारी दिई नयाँ साङ्गठानिक संरचना तयार गरेको छ ।माओवादीले जिल्ला इञ्चार्जको संरचना हटाएर युद्धकालीन संरचना तयार पारेको हो । यस्तै १५० सदस्यबाट घटाएर ५० सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । पद मात्र ओगट्ने जिम्मेवारी वहन नगर्ने प्रवृति भएकाले सबैलाई घटुवा गरिएको र समितिबाट समेत हटाइएको जिल्ला प्रवक्ता अशोक प्रधानले बताए ।
जिल्ला समितिमा शान्ता बस्नेत, अशोक प्रधान, पवन शङ्कर, राज राई, होम खतिवडा, रूपनारायण अधिकारी, राजेश चाम्लिङ, सुमनसिंह पौडेल, हिमाल रोका, डकेन्द्र लिम्बू, तुला लावती, निशान मगर, धनप्रसाद राईलगायत रहेका छन् । पार्टीको केन्द्रीय नीतिअनुसार अहिलेको साङ्गठानिक संरचनाअनुरूप सचिवलाई मात्र महत्वपूर्ण जिम्मेवारी दिइएको प्रधानले जानकारी दिए ।
पचास सदस्यमध्येबाट एकतिहाइको सचिवालय सदस्य र पाँच जनाको कार्यालय सञ्चालन टोली गठन हुने नेकपा–माओवादी इलामले जनाएको छ । पहिले जिल्ला समितिमा रहेका केही सदस्यलाई लिम्बूवान राज्य समितिमा लगिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु