भेनेजुएलावाट सिक्नु पर्ने पाठ – छत्र मैनाली

२०७० चैत्र २८ गते, शुक्रबार


भेनेजुएलाका निवर्तमान राष्ट्रपति हुगो रफ़ाएल चाभेज को सन् २०१३ मार्च ५ तारिखका दिन निधन पश्चात वर्तमान राजनीतिक अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ। वर्तमान राष्ट्रपति निकोलस मादुरो को कार्यशैली प्रति तिब्र असन्तुष्टि पोख्दै गत फेब्रुवरी महिनाको ४ तारिख देखि ताचिरा राज्यको सान क्रिस्टोबल शहर र मेरिदा राज्य बाट शुरु भएको बिद्यार्थी आन्दोलन निरन्तर जारी छ। ताचिरा राज्यको सान क्रिस्टोबल शहरमा अवस्थित आन्देस बिश्वबिद्यालयमा अध्यनरत एक छात्रा माथि भएको बलात्कार प्रयासको बिषयलाई लिएर शुरु भएको आन्दोलनले देशब्यापी आकार ग्रहण गरेको छ।उक्त बिषयमा शान्ति सुरक्षा को नाजुक अवस्था बारे जानकारी गराउन ताचिरा राज्यका गभर्नर निवास पुगेका आन्दोलनकारी मध्ये गभर्नर निवासमा आक्रमण गरेको अभियोग लगाएर ५ जनालाई गिरफ्तार गरेर आन्दोलन झनै चर्किंदै गएको छ। आन्दोलन शुरु भएको २ दिनमै लाखौंको संख्यामा सर्वसाधारणले बिद्यार्थी आन्दोलन प्रति ऐक्यबधता जनाउदै आन्दोलनमा सहभागी बनेका थिए। उक्त छोटो अवधिमै सरकार पक्षले व्यापक धरकपट ,गिरफ्तारी ,बेपत्ता पारेर आन्दोलनकारीलाई त्रास देखाएर आन्दोलन रोक्ने प्रयास गरेको थियो। ८ र ९ फेब्रुवरीमा भएको प्रदर्शनमा आफ्ना समर्थक पक्राउ गरिएका लाइ रिहा गरिनु पर्ने माग रहेको थियो। बिपक्षी हरुको समेत उक्त आन्दोलनमा समर्थन एवं सहभागिता बढ्दै गएर सरकार प्रति असन्तोषका लामो सुची बनाएर सडकमा उत्रिएका प्रदर्शनकारीले जनताको जनधन को सुरक्षाको बिषयलाई प्राथमिकताकामा राखेर खाधन्य अभाव,भ्रष्टाचार ,असुरक्षा को बिषयलाई समेत समेटेर (जुन भेनेजुएलाको वास्तविक समस्या हो )दैनिक प्रदर्शन भै रहेको छ।
भेनेजुएलामा सन् २०१३मा २४,७६३ जनाको हिंसात्मक घटनामा मृत्यु भएको सरकारी रिपोर्ट लाइ मुख्य आधार बनाउदै भविष्यमा यस प्रकारको हिंसा अन्त्यको माग जोद्तोड़का साथ् उठाएका छन्।फेब्रुवरी १२ तारिख राजधानी काराकास मा भएको प्रदर्शनमा राष्ट्रपति निकोलस मादुरोले पुर्व राष्ट्रपति हुगो राफ़ाएल चाभेजले गठन गरेको तुपामारो रिभोल्स्नरि मोभमेंट (एमआरटी )का सशस्त्र समुहलाई आवहान गरेर प्रदर्शनकारी बिरुद्ध लड्न निर्देशन दिए लगत्तै हिंसात्मक घटना घटेको थियो। तुपामारो रिभोल्स्नरि मोभमेंट (एमआरटी )सन् १९९२ मा हुगो चाभेजले पुर्व राष्ट्रपति कार्लोस आन्द्रेस पेरेजको सत्ताच्युत गराउन गठित हतियारधारी समुहको संगठन हो। उक्त हतियारधारी समुहलाई वर्तमान राष्ट्रपति निकोलस मादुरो ले बैध्यता दिएर सरकारको तर्फ बाट आन्दोलनकारी बिरुद्ध लड्न आदेश दिएका छन्। साथ् साथै प्रहरी ,सेना ले समेत आन्दोलनकारी माथि अस्रुग्याँस,हवाई फायर ,साथै सिधै ताकी ताकी गोलि हानेका छन्। फेब्रुवरी १२ तारिख कै दिन एमआरटी ले खोलेको पहिलो फायर ले एक जना बिध्यर्थिको घटना स्थलमै मृत्यु भएको थियो भने उक्त दिन कम्तिमा अन्य ५ जनाको मृत्यु भएको बिभिन्न संचार मध्यमले जनाएका छन्। उक्त घटनामा बिशेष गरि एमआरटी का दस्ता र चाभेज समर्थकले आन्दोलनकारीको हत्या गरेको आरोप लगाएका छन्। तर सरकारले अबैध घुषपैठ भएको भनाइ सार्वजनिक गरे पनि तमाम सबुत प्रमाण घटना को यथार्थ लाइ हेर्ने हो भने सरकारको दावीलाई झुठो सावित गर्दछ। उक्त दिनको आन्दोलनमा सरकार पक्ष बाट सेना,प्रहरी,एमआरटी, चाभेजका समर्थक ,भाडाका समुहलाई परिचालन गरेर आन्दोलनकारी लाइ तहसनहस बनाउने योजनामा मादुरो सरकार रहे पनि आन्दोलनले दैनिक उचाई लिंदै गएको छ। संयुक्त राष्ट्र संघ,एम्नेस्टी इन्टरनेसनल ,इन्टरनेसनल हुमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संघ संस्थाले भेनेजुएलमा भै रहेको मानव बिरोधि कार्यको घोर भर्त्सना गरेका छन्। साथै नागरिकको जन धनको सुरक्षाको बिषयलाई लिएर सरकारको ध्यानाकर्षण गराउंदै आएका छन्। तर सरकार भने अन्तर्राष्ट्रिय संचार माध्यम लाइ सेन्सर लगाउंदै तिनलाई प्रवेशमा प्रतिबन्ध लगाउने योजनामा लागेको छ। बिश्वब्यापी दबाबलाई झेल्न हम्मे हम्मे परि रहेको अवस्था छ। निकटतम मित्र मानिएको क्युवा बाट सैन्य सहयोग लिएको अपुष्ट बिषयले दक्षिणमा ठुलो चर्चा चलेको छ। झनै तनाव सिर्जना भएको छ भने छिमेकी मुलुक पानामा संगको दौत्य सम्बन्ध अन्त्यले सरकार झनै अप्ठेरो अवस्थामा पुगेको छ।यो लेख लेखिरहदा फेब्रुअरी ४ तारिख देखि करिब ४० जनाले बलिदानी दिई सकेको तथ्याँकमा उल्लेख छ। बास्तबमा भेनेजुएलाको यो अवस्था सिर्जना हुनुमा सरकारको ठुलो कमजोरी देखिन्छ। यो स्तम्भकार गत डिसेम्बर महिनामा १ महिने भेनेजुएलाको भ्रमणमा थियो। उक्त भ्रमण अबधि भर त्यहाको बस्तुस्थितिलाइ नजिक बाट बुझ्न अवसर मिलेको थियो। भौगोलिक बनावट,हावापानी ,प्राकृतिक सम्पदाले भरिपुर्ण दक्षिण अमेरिकी मुलुक भेनेजुएला सुन्दर मुलुक मध्येमा पर्दछ। पेट्रोलियम पदार्थको खानी,ग्यासको भण्डार ,सुनखानी ,आन्देस पर्वतमाला,पर्यटकीय क्षेत्र आदि भेनेजुएलाको मुख्य बिशेषता हुन्। यति हुंदाहुदै पनि ब्यबस्थापकीय कमजोरीको कारण मुलुकमा ब्याप्त असन्तुष्टिको लप्का लप्किरहेको थियो जुन आज आएर बिष्फोट भएको महसुस भै रहेको छ। जो जति संग सम्बाद भयो प्राय सबैमा असन्तुष्टि ,निरासा बाहेक केहि थिएन। पुर्व राष्ट्रपति हुगो चाभेज प्रति भने व्यक्तिगत रुपमा सम्मान प्रकट गर्दथे। तर त्यो नै पूर्ण भने थिएन। जस्तै हाम्रो राजसंस्थालाई सामन्तीको प्रतिक भन्ने त्यहि संस्थाको नेतृत्व कर्तालाई राष्ट्रबादी भने जस्तो। गरिबी ,बेरोजगार, असुरक्षा आदि सिर्जना गरेर बिगत लामो समय देखि सरकार तिनै माथि टेकेर राजनीति गरिरहेछ सोसलिस्टको नाममा। यो वास्तविक तथ्य र सत्य हो। यो नै मूल कारण हुदै छ भेनेजुएलाको वर्तमान आन्दोलन। १ महिना भेनेजुएलाको बसाइ क्रममा बजार भाउ ४ पटक बढेको थियो। जसको असर सबै क्षेत्रमा देखिन्थ्यो। होटेल,रेस्टुरेन्ट ,सार्वजनिक यातायात आदिमा। आज यौटा बजार भाउ हुन्छ भोलि बिहान बढेर अर्कै भै सकेको हुन्छ। तर जनताको आम्दानी भने जहाको त्यहि। महंगीको मारमा जनता परेका छन् ,सरकारी अनुदानमा खुलेका मेरकाल नामको दोकानमा १ किलो चिनी लिन ७ देखि १० घण्टा घण्टा लाइनमा बस्नु पर्ने बाध्यता रहेको त्यहिका स्थानीयले सुनाएका थिए। मेरो पारिवारिक सम्बन्ध भेनेजुएला संग गाँसिएको कारण पनि धेरै कुराको जानकारी हासिल गर्न सहज भएको थियो। (स्थायी बसोबासको निम्ति मेरो तेस्रो विकल्पको रुपमा भेनेजुएला रहेको छ. व्यक्तिगत रुपमा म भेनेजुएलाको भौगोलिक बनावट ,हावापानी ,त्यहाको प्राकृतिक खनिजको स्रोत बाट प्रभावित बनेको छु।) उक्त मेर्कालमा तल्लो बर्गको अत्यधिक भिड लाग्ने हुँदा उपस्थित सबैले दैनिक उपभोग्य बस्तु बस्तु हासिल गर्छन भन्ने छैन(हाम्रो दशैंको समयमा चिनीको लाइन बसे जस्तो ) बीच समयमै सकिएको जनाउ दिएर रित्तो हात फर्कनु पर्ने बाध्यताले उक्त मेर्काल प्रतिको रुचि खासै रहेनछ। अनि बाध्य भएर बाहिर महंगोमा खरिद गर्नु पर्ने बाध्यता रहेछ। पेट्रोलियम पदार्थ लगभग सित्तैमा उपलब्ध हुन्छ भन्दा फरक नपर्ला किनकि पेट्रोलियम पदार्थमा सबै बर्गको पहुँच राज्यले दिएको छ। तर के गर्नु ल्हासामा सुन छ कान बुच्चो भने जस्तै सवारी साधन खरिदमा भने मध्यम वर्ग भन्दा तल्लो बर्गले सपनामा नचिताए हुने रहेछ।हरेक शहरमा अहिले पनि करिब ४० देखि ५० बर्ष पुराना थोत्र सवारी साधन गुडेको देख्दछौं। अनि त्यो पेट्रोलियम पदार्थ जति सस्तो भए पनि तल्लो बर्गले के मा प्रयोग गर्ने ? अनि तिनै बर्ग माथि राजनीति हावी छ। तिनलाई घर बनाई दिने सपना बाँडेर हुन्छ कि ? सवारीसाधन उपलब्ध गराई दिने सपना बाँडेर हुन्छ भोट ब्यांकको रुपमा तिनको प्रयोग भै रहेको छ। ति तल्लो बर्गमा चेतना ,सिक्षा आदिको कमीले पनि ठुलो भूमिका खेलेको देखिन्छ। निवर्तमान राष्ट्रपति हुगो चाभेजको सबै भन्दा ठुलो कमजोरी मुलुकलाई यथास्थितिमा राखेर पुरातन सोच र मान्यतालाई तोड्न नसक्नु नै कमजोरीको रुपमा रह्यो । चाभेजले चाहेको भए अमेरिकी महादेशमा भेनेजुएलाको पहिचान हरेक क्षेत्रमा नम्बर १ हुने थियो यहाँ प्रसङ्गजोड्छु संसारकै धनि मुलुक कतार बारे , मध्यपुर्व एसियाली मुलुक कतार राजतन्त्रात्मक मुलुक हो। यो स्तम्भकारलाई कतारमा रोजगारीको सिलसिलामा केहि बर्ष बिताउने अवसर जुटेको थियो। समुन्द्री टापुमा रहेको मरुभूमि नै मरुभूमि ले भरिपूर्ण कतारको मूल आय स्रोत भनेको पेट्रोल र ग्याँस नै हो। सन् २०१३को बिश्व बजारमा पेट्रोलियम पदार्थ उत्पादन गर्ने देशको सुचिमा भेनेजुएला ९औ स्थानमा रहेको छ। हरेक दिन ३० लाख २३ हजार ब्यारेल तेल उत्पादन गरेर विश्व बजारमा ४.७० प्रतिशत हिस्सा ओगट्छ भने कतार १८औ स्थानमा रहेर दैनिक १६ लाख ३१ हजार ब्यारेल तेल उत्पादन गरेर विश्व बजारमा १.४४प्रतिशत हिस्सा ओगट्छ।कतार खादान्य र मानव स्रोतमा लगभग परनिर्भर रहेको मुलुक हो। त्यहाँ अहिले विश्वका प्राय सबै देशका नागरिक रोजगारको सिलसिलामा आउने गरेका छन्। विश्वका जुनसुकै नागरिकलाई रोजगार दिन सक्ने हैसियतमा कतार पुगेको छ। मुलुकमा मूल्य स्फितिमा एकरुपता छ। विकास निर्माणको काम हेर्ने हो भने १० बर्षको अन्तराल मा आकाश जमिनको भिन्नता देख्न सकिन्छ। पेट्रोलियम पदार्थमा सबैको पहुँच पुग्दछ। आफ्ना नागरिकलाई हरेक साल थप सुबिधै सुबिधा उपलब्ध गराएर संसारको नमुना बन्ने प्रयासमा छ। शान्ति सुरक्षाको स्थिति म भएको बखत राम्रो थियो। हामी कहिले ढोकामा ताल्चा लगाउने गर्दैनथ्यौं त्यति ढुक्क थियो शान्ति सुरक्षा। रातभर जता ततै हिंडडुल गर्न स्वतन्त्र हुन्थ्यौं। बजार भाउमा एक रुपता थियो।तर त्यहाँ श्रम गर्ने हामि नेपालीहरुको दयनीय अवस्था सिर्जना हुनुमा हाम्रो सरकारको कमजोरी हो। कतार को कुनै दोष छैन। आफ्ना नागरिकलाई जसरि हुन्छ विदेश ठेलेर स्वदेशमा रोजगार सिर्जना गर्न बाट सरकार पछि हटी रहेको यथार्थ को पछि कुन शक्तिको स्वार्थमा यो चलखेल भै रहेको छ ?यसतर्फ कसैले ध्यान नदिएको देख्दा अचम्म लागेर आउँदछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु