समृद्व नेपालमा महिला अधिकार र समस्याको सवाल – युवराज सफल
संसारमा अधिकांश दुइ थरि लैङ्गिक अवस्था भएका मानिस छन् । महिला र पूरुषलाई भिन्न लिङ्गको रुपमा हामी चिन्ने गर्दछौँ । त्यस्तै अहिले तेस्रो लिङ्गीहरुको पनि अधिकार र समस्याको बारेमा चर्चा हुने गरेको छ । न महिला न पूरुष लिङ्ग भएका त्यस्ता मानिसलाई हामी तेस्रो लिङ्गी भन्ने गर्दछौँ । अन्तर्राट्रय रुपमा नै तीन थरि लिङ्ग स्पष्ट देखिएका छन् । विभिन्न मूलुकमा समलिङ्गीहरुले अधिकार पाएका छन् भने विभिन्न मूलुकमा पाउने क्रममा छन् । त्यस्तै नेपालमा पनि स्पष्ट तीन थरी लैङ्गिक अवस्था भएका मानिसहरु छन् । तर्सथ यी तीन थरि लैङ्गिक अवस्था भएका नागरिकहरु मध्ये नेपाली महिलाहरुको अधिकार ,समस्या लगायत अन्य विषयमा चर्चा गरौँ ।
क. महिला अधिकारको चर्चा :
अहिले नेपालमा महिला अधिकारको बारेमा व्यापक बहस विमर्श हुन थालेको छ । महिलालाई अधिकार सम्पन्न बनाउन राजनीतिक रुपमा निकै छलफल ,विचार , विमर्श र गोष्ठीहरु भएका छन् । थुप्रै जनचेतनाका कार्यक्रमहरु भएका छन् । महिलालाई अधिकार सम्पन्न र सक्षम बनाउन कैयँन कार्यक्रमहरु एका छन् । विशेष महिलालाई अधिकार सम्पन्न र आत्मनिर्भर बनाउन कैयँन प्रयासहरु भएका छन् तर पनि दुर दराजमा बस्ने महिलाहरुले अधिकार र स्वतन्त्रताको महशुश गर्न पाएका छैनन् । उनीहरु अझै पनि १६ औँ शताव्दीको दुख कष्ट र अभावको जिन्दगी भोग्न वाध्य विवश भएका छन् ।
नेपाली समाजमा प्राय गरी महिला अधिकारको कुराले चाहेभन्दा वढी चर्चा परिचर्चा पाउने गरेको छ । अनेक कारणले महिला अधिकारवारे छलफल हुन्छन् । आधा आकाश ओगट्ने महिलालाई सम्पर्ूण्ा अधिकार दिनर्ुपर्छ भन्नेमा कुनै पुरुषले असन्तुष्टि जनाएको सुनिएको छैन । महिलालाई आत्मनिर्भर र स्वालम्वी बनाउनको लागि राज्यको सम्पर्ूण्ा निकायले ध्यान दिएको छ । तर पनि अझैसम्म आफूलाई महिला आन्दोलनको ठेकेदार हुँ भन्नेहरुले महिलाहरुले अधिकार नपाएको झुटो सपनाको खेती गरी निम्न र मध्यम वर्गको महिलाहरुमाथि अनेक तवरले राजनीति गरिरहेका छन् । त्यो कुरा चाल पाएर वा नपाएर निम्न र मध्यम वर्गका महिलाहरु चुपचाप कसैको राजनीतिक स्वार्थ पुरा गराउने हतियार बनीरहेका छन् ।
कुनै पनि कार्य सम्पन्न गर्नको लागि महिलाको सहभागिता बिना त्यो सम्भव हुँदैन । एक्काइशौँ शताव्दीमा पनि महिलालाई हेप्ने र शोषण दमन र उत्पीडन गर्ने कार्य सदाको लागि अन्त्य गर्न पर्छ भन्ने कुरा सहि कुरा हो तर पनि वारम्वार महिला अधिकारको कुरा उठ्नाले आम जनमानसलाई नेपालमा महिलाहरुले अधिकार नपाएकै हुन त भन्ने प्रश्नले झस्काई रहेको छ । नेपली महिलालाई अधिकार सम्पन्न र सक्षम बनाउन विभिन्न परियोजनाहरु समेत संचालन भएका छन् । महिला अधिकार बारे काम गर्ने भनेर हज्जारौँ एनजिओहरु खुलेका छन् अनि हज्जारौँ कार्यक्रम हरु संचालन भएका छन् । त्यति हुँदा हुँदै पनि अहिले सम्म महिलाले अधिकार पाए वा महिलाहरु अधिकार सम्पन्न भए भन्न्ो कुरा सुनिएकै छैन ।
महिलालाई क्रान्तिकारी बनाउने अभियान लिएर हिँड्नेहरुले नै महिलालाई दासताको खोरमा थुनेर राख्ने गरेको दृष्टान्त त पक्कै हाम्रो समाजमा देखिएको छ । भाषणमा महिला मूक्ति र महिला आन्दोलन अनि अधिकारको चर्को वकालत गर्नेहरुकै घर घरमा महिला अधिकार हनन् हुने गरेको दृष्टान्तलाई यहाँ राखि राख्न पर्दैन । महिलालाई खालि अधिकार लिनु पर्छ भन्ने तर कहिले पनि दायित्व र कर्तव्यको वारेमा जानकारी नदिने प्रवृत्तिले ठाँउ पाउदा आज महिलाहरुले आफ्नो अधिकार माग्न मात्र जानेका छन् तर आफूले निर्वाह गर्न पर्ने कर्तव्यलाई भने पूरा गर्न जानेका छैनन् । यस्तै कारणले आज महिला र पूरुषवीच अनेक खाडल र सिमाहरु छन् भन्दै यसैलाई मूख्य नारा बनाई यसैमा राजनीति गर्नेहरुको संख्या पनि निकै लामो रहेको छ ।
ख. महिलाका समस्याहरु :
नेपाली महिलाहरुले अधिकार पाएर पनि धेरै समस्याहरु भोग्दै गरेका छन् । शहरी तथा ग्रामीण भेगमा बसोवास गर्ने महिलाहरुले भिन्न खालका समस्या र चूनौतिलाई भोग्न परेको छ । खास गरी शहरी महिलाको तुलनामा ग्रामीण भेगका महिलाहरुले धेरै समस्याहरुको सामना गर्नु परेको हुन्छ । अतः शहरी तथा ग्रामीण भेगमा वसोवास गर्ने महिलाहरुले भोग्ने केही समस्याहरुलाई चर्चा गर्ने कोसिस गरौँ ।
विशेषत ग्रामीण भेगमा वसोवास गर्ने महिलाहरुले शहरमा वसोवास गर्ने महिलाले भन्दा कैयँन गूणा वढी समस्याहरुको सामना गरिरहेका छन् । अशिक्षा ,वेराजगार , लगायत अन्य विभिन्न समस्यालाई ग्रामीण महिलाहरुले भोग्न परेको छ । साथै अन्य विभिन्न सामाजिक अन्धविश्वास एवम् कूरितीहरुलाई समेत त्यस क्षेत्रका महिलाहरुले भोग्न परेको छ । त्यस्तै सधैँ काम तथा घरको हेला ,दुर्व्यवहार ,बलात्कार लगायत अन्य समस्याको पनि सामना गर्न परेको छ । महिलाहरुलाई विभिन्न हेयका भावले हेर्ने केही गर्दा खुट्टा तान्ने प्रचलन अहिले पनि छँदै छ । शहरी महिलाहरुले पनि बलात्कार ,बेरोजगार ,पारिवारिक हिंसा ,यातना लगायत विविध समस्याहरुको सामना गर्नु परेको छ ।
ग. महिलाको कमजोरीः
आधा आकाशको उपमा पाएको महिलाको धेरै राम्रा पक्ष हुँदा हुदैँ पनि विभिन्न मात्रामा कमजोरीहरु तथा सिमाहरु रहेका छन् । खास गरी अहिले ३३ प्रतिशत हुँदा हुँदै महिला अधिकारको नाममा ५१ प्रतिशतको कुरा चल्न थालेको छ । ५१ प्रतिशत महिला भएको कारणले गर्दा केही महिलावादीहरु ोपालमा महिलाले ५१ प्रतिशत अधिकार पाउन पर्छ भन्न थालेका छन् । तर पनि महिलाहरुले कुनै पनि कुरामा शतप्रतिशत सहभागिता जनाउन तथा त्यस क्षेत्रमा भाग लिन चाँहदैनन् । हरेक अवसर र चूनौतिलाई छिचोलेर अगाडि बढ्ने साहसी महिलाहरु कमै हुन्छन् ।
हामी कहाँ विहान बेलुका जतिखेर पनि विभिन्न विकृति र विसंगति भित्र्याउने कार्यक्रममा महिलाहरु सहभागी भएको धेरै उदाहारणहरु छन् । आफ्नो कर्तव्य र दायित्वलाई चटक्कै विर्सिएर खालि अधिकारको मात्र दुहाई दिने प्रवृत्तिले गर्दा महिला अधिकारको बारेमा उनीहरुले आवाज उठाउदा नमज्जा लाग्दछ ।
हुन त महिलाहरु अधिकारको कुरा गरेर कहिले पनि थाक्दैनन् । कुरा गर्ने हो भने नेपालमा महिलाहरुको बारेमा कार्य गर्ने धेरै संघ संस्थाहरु छन् । जस्तो भनौ महिला आयोग ,माइती नेपाल ,विभिन्न राजनीतिक पार्टीका महिला भातृ संगठन ,विभिन्न एनजिओ ,आइएन जिओ लगायत संयौ हजारौँको संख्यामा रहेका महिलावादी संघ संगठनहरुले नेपालमा कार्य गरी रहेका छन् तर पनि कार्यक्रम भए जति महिलाहरुको जीवन स्तर र चेतना माथि उठ्न सकेको छैन । यर्सथ नेपाली महिलाहरुले आफूलाई समय र परिस्थितिअनुसार अगाडि बढाउनु र आफ्नो दायित्व र कर्तव्य पूरा गरी असल नागरिक बन्नु पनि त्यत्तिकै जरुरत छ ।
अहिले नेपाली महिलाहरुले पहिलाको जस्तो व्यवहार र नियती भोग्न परेका छैन । समय सँगै आम महिलाहरुलाई हर्ेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ ,महिलाहरुले पढ्न ,लेख्न र केही मात्रामा भएपनि आफ्नो क्षमता देखाउने अवसर पाएका छन् । तर अधिकांश महिला संर्घष् नगरी हामी महिला खाली पछि परेको मात्र कुरा गर्छन् अरुले झैँ आफ्नो दायित्व र कर्तव्य पूरा गर्ने मामिलामा उनीहरु सधैँ पछि परेको होकी भन्ने देखिन थालेको छ ।
घ. महिला कानूनको निर्माण तथा कार्यान्वयनको अबस्था ः
विगत केही वर्षदेखि हाम्रो देशमा महिला अधिकारसँग जोडिएर विभिन्न कानूनहरु निर्माण भएका छन् । कति कानूनहरु कार्यान्वयन भई सके भने कति कार्यान्वयनको प्रकृयामा रहेका छन् । महिलाहरु माथि हुने विभिन्न समस्याहरुलाई दृष्टिगत गरी हाम्रो देशमा महिला मैत्री कानून बन्ने गरेको छ । नेपाली महिलाहरुलाई अधिकार सम्पन्न बनाउनकै लागि यहाँ कडा कडा कानूनको व्यवस्था गरिएको छ । जस्तो केही काूनहरु अत्तिनै एकपक्षीय रहेका छन् । उदाहारण दिनै पर्दा सम्बन्ध विच्छेद गर्ने सवालमा नै विरोधाषा पूण रहेको छ । महिलाले उसलाई इच्छा लाग्यो भने जे बाहना बनाएर भएपनि तत्काल सम्बन्ध विच्छेद गर्न माग गरेको खण्डमा तत्काल सम्बन्ध विच्छेद गर्न पाउने तर पत्नी पीडित पूरुषले सम्बन्ध विच्छेद गर्न चाहेमा वा माग गरेमा महिलाको स्वीकृत खोज्ने गरिन्छ र एक लौटी निर्ण्रे हुँदैन दुवैको साझा सहमति लिएर आउ भनिन्न तर महिलाले विना कारण उजुरी गरे पनि एकलौटी जबरजस्त रुपमा कार्वाही अगाडि वढाइनेछ ।
त्यस्तै भर्खरै महिला हिंसा बारे कानून आएको छ । महिला हिंसा गर्नेलाई कडा कार्बाह गरिन्छ भनिएको छ । त्र कुनै पनि महिलाले पूरुषमाथि हिंसा गरेमा त्यस वापत के गर्ने भन्ने कुरा खासै चर्चामा आएको सुनिदैन् । महिलाले पूरुषलाई जे गरे पनि त्यसमाथि कस्तो खालका कार्बाही गर्ने भन्ने खालका विषय वस्तुहरु त्यसमा समेटिएको पाइदैन्ा ।
त्यस्तै भर्खर जारी भएको महिला हिंसा तथा दुर्व्यवहार नियन्त्रण गर्ने कानूमा कुनै पनि केटाले कुनै पनि केटीलाई हेरेमा २८ हजार जरिवाना गरिन्छ भनिएको छ । हेन साथ योन दुर्व्यवहारको अभियोगमा कार्वाही गरिन्छ भनिएको छ तर कुनै पनि महिलाले कुनै पनि पुरुषलाई त्यस्तो व्यवहार गरेको खण्डमा के गर्ने भन्ने कुरा कतै उल्लेख भएका छैनन् । त्यस्तै महिलाले पनि कैयँन पुरुषलाई बलात्कार गरेका हुन्छन् ,अस्वस्थ् हुँदा हुँदै पनि शारिरीक सर्म्पर्क राख्न दवाव दिन्छन् ,अन्य यातना दिन्छन् अनि अनेक गाली गलौजहरु र्ग्र्छन् । यस्तो निकृष्ट चरित्र देखाउने महिलाहरुलाई चाँही के सजाय दिने भन्ने कुरा अहिले सम्म तोकिएको छैन ।
खास गरी हाम्रो देशमा थुप्रै पत्नीपीडितहरु छन् । जसले दैनिक रुपमा आफ्नो पत्नीवाट औपचारिक अनौपचारिक रुपमा थुप्रै गाली हरु खान परेको छ । विभिन्न वाहनामा यातना तथा दुर्व्यवहार भोग्न परेको छ । तर पनि त्यस्ता पत्नीहरुलाई कार्बाही गर्न त परेको कुरा भएको कुरालाई पनि त्यस्तो कहाँ हुन्छ बरु तिमीले चाँहि बुढीलाई पिट्यौ अनि यातना दिएको होला भनी प्रहरी प्रशासनले फर्काइ दिने गरेको छ । जो आफ्नो पत्नीहरुवाट पीडित भएका छन् उनीहरु सकेसम्म पत्नीपीडित भएको कुरा अनेक कारणले भन्न रुचाउदैनन् ।
त्यस्तै हजारौँ महिलाहरु आफ्नो कर्तव्य र दायित्वलाई विर्सेेअनेक कार्य गर्न लागेका छन् । उनीहरुको त्यस्तो कारणले गर्दा पनि पूरुषहरु महिलाद्वारा शोषणमा पर्ने गरेका छन् । पर पूरुषहरुसँग लस पस गर्ने अनि आफ्नो घरवार वर्वाद पार्ने खालका कार्यहरु समेत गर्ने गरेका छन् । यस्तै रवैयाले गर्दा महिलाहरुको चरित्र सिद्विन लागेको छ । अत साँच्चिकै महिला अधिकार पाउने हो भने प्रत्येक नेपाली महिलाहरुले पहिला आफ्नो दायित्व र कर्तव्य पूरा गरी अनि मात्र अधिकार खोज्न होकी भन्ने भनाइहरु एठ्न थालेका छन् ।
– लेखक ,नेपाल गणतान्त्रिक जनता पार्टीका केन्द्रिय अध्यक्ष हुन्