अहिलेको संविधानसभाबाट संविधान जारी हुन सक्दैनः किरण

२०७० चैत्र २८ गते, शुक्रबार


काठमाडौं ,२८ चैत । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अहिलेको संविधानसभाबाट कुनै हालतमा संविधान जारी हुन नसक्नेठोकुवा गरेका छन् ।संसदवादी दलहरुले संविधान निर्माण गर्ने भन्दै ठोस काम केही नगरेको र जनताको आँखामा छारो हाल्ने काम मात्र गरेको उनले बताएका छन् । एकीकृत माओवादी संसदमा भएपनि भूमिकाविहीन अवस्थामा रहेको र शान्ति प्रकृयाको महत्वपूर्ण हिस्सा बाहिरै राखेर संविधान निर्माण गर्ने ताकत कुनैसँग नभएको किरणले बताए ।
नेकपा–माओवादी सिन्धुपाल्चोकको चौथो जिल्ला सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष किरणले अरू दलहरूले ०४७ सालको संविधान ब्यूँत्याएर जारी गर्ने प्रयत्न गरेमा त्यसलाई माओवादीले अस्वीकार गर्ने र सडकबाटै जन संविधान घोषणा गर्ने चेतावनी दिए ।
किरणले नेपाली क्रान्तिको कार्यभार अझै पूरा नभएको भन्दै सबै वामशक्तिबीच एकीकरणको आवश्यकता रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु