नेप्से परिसूचक ७.७९ अंकले बढ्यो

२०८० जेष्ठ २९ गते, सोमबार

काठमाडौँ। र नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छभने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ३७३.३५ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ। यसको आज १५ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र शिव श्री हाइड्रोपावरको कारोबार भएको छ।
आजको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा अभ्यान लघुवित्त र कालिञ्चोल दर्शनका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्रभु स्मार्ट फण्ड र सगरमाथा जलबिद्युतका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु