एकैदिन तीन हजार ११६ जना सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाही गरेको जानेको छ । ट्राफिक प्रहरीका अनुसार लेन अनुशासन उलङ्घन गर्ने १ सय १२ जना, रेड लाइटमा पर्ने १३७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना पनि कारबाहीमा परेका हुन् । साथै, खुलेको नम्बर प्लेट नराख्ने ३० जना, लिडार गनमा पर्ने ४ सय १ जना र अन्य २ हजार ३ सय ४ जना गरी ३ हजार ११६ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।