विस वर्षमा युरोपेली मुलुकको दाँजोमा पुग्न सकिन्छः थापा
काठमाडौ, ३०चैत । नेपालका उद्योग मन्त्री कर्णबहादुर थापाले सही रुपमा लाग्ने हो भने आगामी
विस वर्षमा प्रत्येक नेपाली अहिलेको युरोपेली मुलुकको दाँजोमा पुग्ने
दावी गरेका छन् । उनले संवाद डवलीले आयोजना गरेको साक्षात्कार
कार्यक्रममा भने, ँनेपाल संभावना भएको देश हो, यहाँको हरेक पुजी
उत्पादनका क्षेत्रमा लगानी गर्न जरुरी छ ।’
नेपाली पुजी अनुत्पादक क्षेत्रमा लगानी हुनुले गर्दा बेरोजगारी बढेको
बताउँदै उनले उद्योग स्थापना र लगानीको वातावरण निर्माण गर्न आवश्यक भएको
बताए । उनले आफु सोही कार्यका लागि आवश्यक ऐनहरु निर्माण कार्य अघि बढाउन
लागेको पनि जानकारी दिए ।
मन्त्री थापाका अनुसार देश सिमेन्ट र चिनीमा मात्र आत्मनिर्भर हुने
अवस्थामा रहेको छ । ँबन्द भएका म्याग्नेसाइड, औषधि, चिनी, कपडा उद्योगहरु
सञ्चालनमा ल्याउने र त्यसमा दश हजार नेपालीलाई रोजगारी सिर्जना गर्ने
संकल्प लिएकाने छु’ उनले भने ।
मन्त्री थापाले देशका विभिन्न ठाउँमा औधोगिक क्षेत्र बनाउने लक्ष्यका साथ
मन्त्रालयमा अध्ययन प्रक्रिया अघि बढाएको पनि बताए । उनले भने, ँयसका
साथै उच्च प्राथमिकताका साथ देशमा कृषि, पर्यटनलाई अघि बढाउन आवश्यक छ ।’
नेपालको १० ठाउँमा पेट्रोलियम पर्दाथ, काठमाडौ लगायत १० ठाउँमा ग्याँस, ३
ठाउँमा युरोनियम रहेको जानकारी दिदै उद्योग मन्त्री कर्णबहादुर थापाले
त्यसको संभावना अध्ययन भईरहेको पनि बताए ।
संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकायाले राज्यलाई कर तिर्ने तर राज्यले
आफ्ना नागरिकको सुरक्षा नगर्ने स्थिति आएकाले आम नेपालीमा निराशा छाएको
बताए । उनले त्यस परम्परालाई ब्रेक गर्न राज्यले आफुबाटै योजनागत रुपमा
साम्यवादी ब्यबहार, वास्तविक लोकतान्त्रिक अभ्यास र आत्मगत संकल्प गर्ने
बेला आएको पनि बताए । साथै, उनले नयाँ वर्ष २०७१ को हार्दिक शुभकाना पनि
बाँडेका थिए ।