शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद

काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशमा भएका शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद मात्र भएको बताएका छन। सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सो कुरा बताएका हुन्। नेता खनालले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताए । उनले यो समाजवादी मोर्चालाई अझ विस्तार गर्नु आवश्यक रहेको बताए।
नेता खनालले देशको भविष्यलाई उज्यालो बनाउनका लागि आफुहरुको लक्ष्य समाजवादी गणतन्त्र भएको बताए ।