गीतकार क्षेत्रप्रताप अधिकारीको निधन

२०७१ बैशाख १ गते, सोमबार

काठमाडौं, १ वैशाख। प्रशिद्ध गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको हृदयघातका कारण ७२ वर्षको उमेरमा निधन भएको छ ।शनिवार राति हृदयघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोक केन्द्रमा भर्ना गरिएको थियो ।वि. सं. १९९९ चैत मा तनहुँको मिर्लुङ गाविसको ज्यामरुक कथापानी मा जन्मिएका अधिकारीका रहर लागेर, पहाड देखि पहाड सम्म, फेरि एउटा परिवर्तन, तर देश रहिरहेछ लगायतका कृति प्रकाशित छन् । उनका ‘म त लालीगुराँस भएछु’सहितका धेरै गीत चर्चित छन् ।
अधिकारीले आफ्नो शरीर दान गरेकाले उनको अन्तिम संस्कार नगरिने भएको छ । अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अधिकारीले स्थापना गरेको नेपाल कलेज अफ मेनेज्मेन्ट धोवीघाटमा राखेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिनेछ ।अधिकारी पञ्चायतकालमा सहायक शिक्षामन्त्री समेत भएका थिए । अधिकारीका दुई छोरा छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु