समाजवादी मोर्चा कालिकोट लालु वडा न. ९ को वैठक सम्पन्न

२०८० असार ७ गते, बिहीबार


काठमाडौँ । समाजवादी मोर्चा, नेपालको कालिकोट जिल्ला नरहरीनाथ गापा वडा न. ९ लालुको संयुक्त वैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीको उपस्थितिमा वैठक सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेताहरु दमन सी, सागर सी, नविना सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य द्धय धनराज सी र संग्राम सी, नेकपा (माओवादी केन्द्र) का पार्टी वडा अध्यक्ष चिन्तन वोहोरा, जिल्ला कमिटि सदस्य धिरज शाही, अमरराज शाही, नेकपा (एकीकृत समाजवादी) का वडा ईन्चार्ज कविराज विष्ट लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा वैठक सम्पन्न भएको हो । वैठकले केन्द्रमा वनेको समाजवादी मोर्चाको स्वागत गरेको छ । आगामी दिनमा केन्द्रीय योजना बमोजिम स्थानिय स्तरमा सहकार्य र समन्वय गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार