‘राजनीतिक परिवर्तन अनुरुप सांस्कृतिक रूपान्तरण हुन सकेन’

२०८० असार ९ गते, शनिबार

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तन अनुरुप सांस्कृतिक रूपान्तरण हुन नसकेको बताएका छन। नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले संघीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताए । प्रधानमन्त्री प्रचण्डले सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण हुन नसकिरहेको अवस्थामा युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बतएका हुन्। नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको मर्म र भावना अनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रबद्र्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औल्याए। उनले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र सफल हुने वताए। उनले समाजवादोन्मुख व्यवस्थाको लक्ष्य पूरा गर्न आवश्यक पर्ने श्रमको सम्मानमा आधारित अन्तर्वस्तु र सौन्दर्यशास्त्रको निर्माण गर्ने साहित्य र संस्कृतिको निर्माण गर्ने काम प्रतिष्ठानले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रियाहरु

[anycomment]