‘देशको अवस्था बदल्न, व्यवस्था नै बदल्नुपर्छ ‘

२०८० असार १० गते, आईतवार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य उमा सी ‘शिलु’ले देशको अवस्था बदल्न, व्यवस्था नै बदल्नुपर्ने बताएकी छन्। शनिवार ललितपुर जिल्लाको महालक्ष्मी स्थानमा आयोजित युवा सङ्‌गठन नेपालको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन । नेकपा निकट जबस फ्यक्सन् इन्चार्ज समेत रहेकी शिलले “अमेरिकी साम्राज्यवादले मुस्ताङ, ताप्लेजुङ, बझाङसहित पाँच वटा हिमाली जिल्लामा सैन्य ब्यारेक राख्न सरकारलाई दबाव दिइरहेको ” खुलासा पनि गरेकी छन्।
प्रशिक्षण कार्यक्रमको अध्यक्षता विकास सी, स्वागत टङ्‌क सी, उद्घोषण भरतसीले गरेका थिए।
कार्यक्रममा नेवा: ब्यूरो इन्चार्ज कृति, युवा नेताहरु दिनेश, तिलक, पिपिन, महेन्द्र, कैलाश लगायतले मन्तब्य राखेका थिए।
भेलाले अध्यक्षमा कैलास, उपाध्यक्ष सुनिल राई, सचिव विजय स्याङ्तान, कोषाध्यक्ष मनिस महत र सदस्यहरू सन्तोष तामाङ, पारस सी, दीपेन्द्र बराइली, सुनिल तामाङ रूपक एस के, देवेन्द्र रिजाल , दिपसागर योञ्जन, श्रवण चौधरी , असिनि के. सी,पवन अर्याल ,विवेश राई, विवेक महर्जन, समीर गोले, विशापु गोले सहित १८ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित समितिलाई युवा नेताहरू तिलक, दिनेश,नेवा मोचोका उपाध्यक्ष रत्न महर्जन र जिल्ला इन्चार्ज विपिनले सफल कार्यकालको शुभ कामना दिएका थिए।

प्रतिक्रियाहरु

[anycomment]