नेकपा कास्कीले ६० रोपनी जग्गामा फलफूल खेती गर्ने

२०८० असार ११ गते, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीले ६० रोपनी क्षेत्रफलमा फलफूल खेती गर्ने तयारी गरेको छ। नेकपा पश्चिम गण्डक ब्युरो र कास्की जिल्लाको संयुक्त पहलमा रुपा गाउँपालिका वडा नम्बर ७ स्यास्त्रीमा आईतवारबाट काम सुरु गरिएको हो। बाँझो छाडिएको गैर सरकारी संस्थाको जग्गालाई सदुपयोग गरेर विज्ञ प्राविधिकको सहयोगमा हाल दुई सय ओटा कागती, सुन्तला र केराका बिरुवा रोप्ने योजना रहेको नेकपा कास्कीका सचिव काजी सीले जनाएका छन्। पहिलो दिनको श्रमकार्यमा नेकपा पश्चिम गण्डक ब्यूरो इन्चार्ज राजन सी, कास्की जिल्ला इन्चार्ज उभार सी,जिल्ला सेक्रेटरी काजी सी ,ब्युरो सदस्य सोममाया सी,बुलेट सी लगायत जिल्लाका सम्पुर्ण नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।- निरुता विक

प्रतिक्रियाहरु

[anycomment]