नेकपाद्वारा नेता प्रभात सीकी श्रीमती श्रेष्ठको निधनप्रति शोक व्यक्त

२०८० असार ३० गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले नेता प्रभात सीकी श्रीमती पशुपति श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेको छ । नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीले शुक्रबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनमा श्रद्धाञ्जली र परिवारजनमा समवेदन प्रकट गरेका हुन् ।
दुर्घटनामा परी घाइते भएकी श्रेष्ठको शुक्रबार विहान ११ बजे निधन भएको थियो । ‘नेकपा काठमाडौं जिल्ला सदस्य प्रभात सी र उहाँको परिवार काठमाडौं महानगरपालिकास्थित बनस्थलीमा फलफूल व्यवसाय गर्दै आउनुभएको थियो । यही २०८० असार ९ गते साँझ ९ बजे पसल बन्द गरेर घर फर्किदै गर्दा मोटरसाइकल दुर्घटनामा परी उहाँसहित श्रीमती पशुपति श्रेष्ठ गम्भिर घाईते हुनुभएको, छोरीहरु जेनिसा श्रेष्ठ ६ (वर्ष) र एलिसा श्रेष्ठ (४ वर्ष) घाइते हुनुभएको थियो ।’,
शोक वक्तव्यमा भनिएको छ, ‘गम्भिर घाईते भएकी प्रभात सीकी श्रीमती पुशपति श्रेष्ठको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंको आईसियुमा २०८० असार २९ गते विहान ११ बजे निधन भएको छ । मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएकी पशुपति श्रेष्ठको निधनले हाम्रो पार्टी कमिटीलाई निकै मर्माहित र दुःखी बनाएको छ ।’
‘सर्वप्रथम उहाँको निधनमा उहाँले समाज, आन्दोलन र परिवर्तन तथा क्रान्तिप्रति पुर्‍याएको योगदानको उच्च सम्मान र स्मरण गर्दै हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । दुःखको यस घडीमा कमरेड प्रभात सी, उहाँको परिवार र आफन्तहरुमा धैर्यधारणको कामनासहित हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते हुनुभएका प्रभात सी सहित उहाँका दुई छोरीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’, शोक वक्तव्यमा भनिएको छ । – शोभराज बराल

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार