घुस्याहा प्रहरी निलम्बनमा

२०७१ बैशाख ८ गते, सोमबार


काठमाडौ, ८ वैशाख ।चोरीका अभियुक्त छुटाउन १७ लाख ७० हजार रुपैयाँ घुस लेनदेन भएको छ ।अभियुक्तका परिवारसँग पैसा लिने प्रहरी निलम्बनमा परेका छन भने दलाल पक्राउ परेका छन् । अभियुक्त छुटाइदिने भन्दै घुस लिने महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत इन्स्पेक्टर शरद सुवेदीमाथि निलम्बन प्रक्रिया अघि बढेको छ ।
प्रहरी जवान देवी बिष्टलाई भने निलम्बन गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता हेमन्त पालले बताए ।इन्स्पेक्टरलाई गृह मन्त्रालयले मात्र निलम्बन गर्न सक्ने भएकाले गृहमा पत्राचारको तयारी भएको आयुक्तको कार्यालयले जनाएको छ ।
चोरीमा पक्राउ परेका अभियुक्त दिनेश नेपालीका परिवारसँग डिल गर्ने भोटेबहालका उत्तम शाहीलाई काठमाण्डु प्रहरीले पक्राउ गरी ठगी मुद्दामा कारवाही अघि बढाएको छ । ललितपुरको ठेचो ९ बस्ने कृष्णचन्द्र राईको घरमा चोरी गरेको आरोपमा नेपालीलाई प्रहरीले २८ फागुनमा पक्राउ गरेको थियो ।
पहिला भोटेबहालमा सँगै बसेकाले चिनजानका आधारमा शाहीले पैसा दिए छुटाइदिने भन्दै डिल गरेका थिए । शाहीले पटक पटक गरेर १७ लाख ७० हजार रुपैयाँ लिएको दिनेशकी आमा मीना नेपालीले बताएकी छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु