बालविवाहमा नेपाल १९ औं स्थानमा

२०७१ बैशाख ९ गते, मंगलवार

काठमाडौ,९ बैशाख । बालबिवाहलाई न्यूनीकरण गर्नको लागि राष्ट्रियस्तरको रणनीति बनाएर अगाडि बढ्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।सोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र युनिसेफले संयुक्तरुपमा आयोजना गरेको नेपालमा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव पूर्णभक्त तन्डुकारले राष्ट्रियस्तरको रणनीति बनाएर अगाडि नबढेसम्म बालविवाहलाई निराकण गर्न नसकिने बताए ।
एनले २०११ मा गरेको अध्ययनअनुसार नेपाल विश्वको बालविवाह गर्ने मुलुकमध्ये १९औँ स्थानमा पर्ने भन्दै यसलाई कम गर्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रतिवेदन सार्वजनिक गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव डा. किरण रुपाखेतीले १५ देखि १९ वर्ष उमेरमा विवाह गर्ने बालबालिकाहरु जनगणना २०६८ मा २८.८ प्रतिशत रहेको बताए ।उनका अनुसार बालविवाह गर्नेमा पुरुषभन्दा महिला बढी रहेका छन् । नेपालको पहाडी र भित्री मधेसमा वसोवास गर्ने दलित र जनजातिमा यो प्रथा सबैभन्दा बढिरहेको रुपाखेतीको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

धर्मपथ महोत्सव जारी

२०८२ जेष्ठ ३२ गते, शनिबार

आज भारी वर्षाको सम्भावना !

२०८२ जेष्ठ ३२ गते, शनिबार

जीप दुर्घटना : चारजनाको मृत्यु

२०८२ जेष्ठ ३२ गते, शनिबार