नेवानिद्वारा एक वर्षमै पौने ४ अर्ब ऋण चुक्ता !

२०८० श्रावण २ गते, मंगलवार

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले एक वर्षको अवधिमा पौने ४ अर्ब रुपैयाँ ऋण तिरेको छ । निगलमे गत आर्थिक वर्ष २०७९/८० मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई कुल ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ साँवाब्याज तिरेको हो ।
निगमका अनुसार २०८० असार मसान्तमा मात्रै किस्ताबापत ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै, २०७९ असारदेखि चैत मसान्तसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।
विगत वर्षमाभन्दा गत वर्ष व्यापार विस्तार तथा आम्दानीमा सुधार हुँदै गएको निगमले जनाएको छ । नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमको भनाइ छ । विभिन्न निकायहरूमा रहेका पुराना वक्यौता रकम तिरिएको र कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको निगमले बताएको छ।
त्यस्तै, निगमले तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना(स्टोल)हाज आफ्नै आन्तरिक स्रोतबाट खरिद गर्ने कार्ययोजना अघि बढाइएको निगमले जानकारी दिएको छ । निगमले नयाँ ३ वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने, पर्यटन प्रवद्र्धन हुने, निगमकोउपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार