राज्यमन्त्रीको कार्यकक्षमा महानिर्देशकलाइ मुक्का
काठमाडौँ, १० वैशाख। सिंहदरबारस्थित श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकक्षमा हिजो कर्मचारी र कांग्रेस नेताबीच मुक्का हानाहान भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्कर र डडेल्धुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लबीच हात हालाहाल भएको हो ।
राज्यमन्त्री गुरुङको कार्यकक्षमा मंगलबार अचानक भेट भएपछि मल्लले महानिर्देशक पुष्करसँग ठगी गर्ने माउन्टेन सन नामक मेनपावर कम्पनीलाई कारवाही किन नगरेको भन्दै हात छोडेका हुन् ।मल्लले मुक्का हानेपछि पुष्करले पनि एक झापड फर्काएका थिए । भनाभन भएको स्विकार्दै पुष्कर र मल्ल दुवैले मुक्कामुक्की नभएको दाबी गरेका छन् । तर, सुरुमा भनाभन भएको र दुवैतर्फबाट एक –एक मुक्का हिर्काएको मन्त्रालय स्रोतको भनाइ छ ।