द्वन्द्वकालीन मुद्दा ब्युँताउन पाइदैन: किरण

२०७१ बैशाख ११ गते, बिहीबार


काठमाडौँ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेपाली काँग्रेस र नेकपा(एमाले)ले पुराना सहमति तोडेर द्वन्द्वकालीन मुद्दा ब्युँताउन खोजे त्यो आफूहरूलाई मान्य नहुने बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा १४४औँ लेनिन जयन्तीको अवसरमा कम्युनिस्ट आन्दोलनका शीर्ष नेता कृष्णदास श्रेष्ठको सम्मानमा आयोजित कार्यक्रममा उनले द्वन्द्वका घटना उछालेर सरकारले विस्तृत शान्ति सम्झौता विपरीतको गतिविधि गरेको ठोकुवा गरे ।
अध्यक्ष किरणले जनयुद्ध र जनआन्दोलनको शक्तिलाई एक्लाएर बनाइएको सत्य निरुपण तथा मेलमिलाप आयोगसमेत स्वीकार्य नहुने धारणा राखे ।
उनले भने , “सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगका नाममा जनयुद्धकालीन मद्दा उल्ट्याउन थालिएको छ, यसरी मुद्दा उचाल्दै गए देशमा द्वन्द्व समाधान हुँदैन र शान्ति प्रक्रिया पनि अगाडि बढ्न सक्दैन ।”
कार्यक्रममा एमाओवादीका नेता लीलामणि पोखरेलले कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशामा लैजान नयाँ एकता र ध्रुवीकरण आवश्यक रहेको बताए ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने बेला द्वन्द्वकालको मुद्दा उचाल्ने प्रवृत्ति गलत भएको भन्दै सरकारले त्यस खालको अवस्थालाई प्रश्रय दिए आन्दोलनमा उत्रनुको विकल्प नभएको उनको धारणा थियो ।
कार्यक्रममा लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय कृष्णदास श्रेष्ठलाई अध्यक्ष किरणले सम्मान गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]