नौमती बाजा सम्मेलन हुने

२०७१ बैशाख १२ गते, शुक्रबार


काठमाडौं , १२ बैशाख। राष्ट्रिय पञ्चेबाजा/नौमतीबाजा लोक संस्कृति सम्मेलन आगामी जेठ २८ र २९ गते हुने भएको छ ।नेपाल लोक साँस्कृतिक अनुसन्धान प्रतिष्ठान, जागरण मिडिया सेन्टर, समता फाउन्डेशन, कर्णाली विकास केन्द्र र दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका २१ वटा सङ्घ संस्थाको संयुक्त बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो ।राष्ट्रिय सभागृहमा दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पाँचै विकास क्षेत्रका पञ्चेबाजाका राजधून प्रस्तुत गरिनेछ । पञ्चेबाजाको संरक्षणबारे विभिन्न कार्यपत्र प्रस्तुत गरी बहस तथा अन्तरक्रिया पनि गरिने छ ।उत्कृष्ट पञ्चेबाजालाई पुरस्कार प्रदान गरिने छ । सम्मेलन अवधिभर दलित समुदायका कलाकारले विभिन्न नाच तथा गीतसमेत प्रस्तुत गर्ने जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले जानकारी दिए ।नेपालका दलित समुदायको सीप, कला, प्रविधि तथा लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु