देशलाई समाजवादतिर लैजान समाजवादी माेर्चा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई समाजवादतिर लैजान समाजवादी माेर्चा बनाएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समितिकाे बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले दलाल पुँजीवाद र साम्राज्यवादको विरुद्ध समाजवादी माेर्चा बनेको उल्लेख गर्दै नेपाललाई उपनिवेश बनाएर चीन विरुद्ध षड्यन्त्र गर्न अमेरिकाले नेपाललाई युक्रेनकाे हालतमा पुर्याउनसमेत तयार भएको र त्यसविरुद्ध लड्न र देशलाई समाजवादतिर लैजान समाजवादी माेर्चा बताए ।
यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले साम्राज्यवादको हस्तक्षेप प्रत्यक्ष हुन थालेकाले समाजवादी माेर्चा बनेको बताए । उनले साम्राज्यवाद स्थानीय दलालमार्फत आइरहेकाले राष्ट्रिय मुक्ति आन्दाेलनका लागि पनि समाजवादी माेर्चा बनेको ठोकुवा गरे ।
यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य उमा सी ‘शिलु’ ले कार्यकर्ताहरुलाई आँधी हुरीकाे सामना गर्न र देशकाे नेतृत्व गर्न तयार रहनसमेत आग्रह गरिन् । उनले नेपाल कम्युनिस्ट पार्टी प्रतिक्रिया जनाएर मात्र बस्ने स्थानमा नभएर राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिकाे नेतृत्व गर्नुपर्ने स्थानमा रहेको उल्लेख गर्दै नेपाली समाजकाे अन्तरविरोधमा परिवर्तन भएको कारण कार्यनीतिमा हेरफेर गर्नुपरेको र समाजवादी माेर्चा बनेको बताइन । उनले आज क्रान्तिकारी र देशभक्त शक्तिहरुकाे कार्यगत एकता पनि आवश्यक भएकाे बताउदै भनिन्- ‘कार्यगत एकता गर्दा एउटा पक्षले केही पाउँदा केही छाेड्नु वा गुमाउनु पर्छ ।’
यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले अमेरिकी साम्राज्यवाद नयाँ रूपमा आइरहेकाे ठोकुवा गरे । उनले अमेरिकी साम्राज्यवाद सत्ताका संरचना, आर्थिक, प्राविधिक र राजनीतिक दलहरूलाई दलाल बनाएर आइरहेकाे बताउदै अमेरिका सिधा सेनामार्फत होइन साम्राज्यवाद एमसीसीकाे नाममा सप्टवेयरमार्फत आएकाे अब हार्डवेयरमार्फत आउन खाेजिरहेकाे समेत ठोकुवा गरे ।
नेता सुशीलले पार्टी एकता तत्कालको विषय नभएर रणनीतिक विषय भएको र विचारमा रुपान्तरण भएपछि मात्र एकता हुनसक्ने समेत बताए ।