भारतले धौलीगंगाको बाँध पुनः खोल्ने

काठमाडौं । भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । भारतले उत्तराखण्ड राज्यको पिथौरागढको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको छ । साउन ३२ गते बिहीबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म धौलीगंगाको बाँधका ढोका खोल्ने भारतीय पक्षले जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने हुँदा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
यसअघि भारतले गत असार २६ गते पहिलो पटक र श्रावण ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो ।