‘सबै कम्युनिस्ट, माओवादी र समाजवादी एकीकृत हुने बेला आएको छ’

२०८० श्रावण ३० गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवम् पार्टी स्थायी समिति सदस्य प्रकाण्ड सीले २००६ सालदेखिका सबै कम्युनिस्ट ,माओवादीहरु र समाजवादी तथा सच्चा लोकतान्त्रिक शक्तिहरु एकीकृत हुने बेला आएको बताएका छन । नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा जारी पार्टीको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले भने-”२००६ सालदेखिका सबै कम्युनिस्ट पार्टी र माओवादीलाई एकीकृत गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा आएको छ, यसो नगरी आजको भुमन्डलीकृत साम्राज्यवादको हस्तक्षेपबाट देशलाई स्वाधीन बनाउन र परिवर्तनकारी आन्दोलनलाई पुरा गर्न पनि सकिदैन। आवश्यक पर्दा काङ्ग्रेसभित्रका देशभक्तहरु पनि समाजवादी मोर्चामा आउनुपर्ने हुन्छ, हामी त्यो पहल पनि गर्छौ ।”
प्रवक्ता प्रकाण्डले आजको कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिले सिर्जना गरेका चुनौतीहरुको सामना अब मार्क्स, लेनिन र माओका तरिकाले मात्रै नहुने भन्दै आन्दोलनको आवश्यकता अनुसार सबै मोर्चाहरुको बिकास , प्रयोग र परिचालन जरुरी रहेको समेत बताए।

प्रतिक्रियाहरु

[anycomment]