उच्च माध्यामिक शिक्षा परिषदको चरम लापरवाही , परीक्षा केन्द्र नै गोप्य

२०७१ बैशाख १४ गते, आईतवार


काठमाडौं, १४ वैशाख ।उच्च माध्यामिक शिक्षा परिषदले सबै विद्यार्थी र विद्यालयलाई जानकारी दिनुपर्ने परीक्षा केन्द्र सधैं गोप्य राख्ने गरेको छ ।एक महिनाअघि केन्द्रको नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि परीक्षा आउन ५ दिन बाँकी हुँदासमेत परिषदले आफ्नै वेब साइटमा पनि नराखिकन गोप्य राखेको छ ।कम विद्यार्थी भएका केही विद्यालयमा परीक्षा केन्द्र कायम गर्नु, केही जिल्लामा होम सेन्टर बनाउने जस्ता मनपरी गर्ने गरेकाले सो विषयमा अन्य उमाविले जानकारी पाउन सक्छन् भनेर अति गोप्य राख्न थालेको छ ।परीक्षा नियन्त्रक दुर्गा अर्यालले सबै क्षेत्रीय कार्यालयमा सेन्टरको विषयमा जानकारी दिइसकेको बताउँदै सबै विषयमा सार्वजनिक गर्नुपर्ने आवश्यकता नरहेको दाबी गरे । उनले भने, ‘वेब साइटमा हाल्ने तयारी गरेका छौं, मैले त हाल्नुभनेको थिएँ किन हालिएन त्यसबारेमा जानकारी भएन ।’पनिकाको मनपरीले गर्दा लाखौं विद्यार्थीले आफ्नो केन्द्रको बारेमा जानकारी लिन पाउने हक खोसिएको छ । तर नियन्त्रकले भने सधैंजसो गर्ने गरेको छ, सोहीअनुरप केन्द्र कायम गरेको बताए ।
काठमाडौंको केन्द्र कायम गर्दा जिल्लास्थित परीक्षा समितिलाई दिए तापनि परिषदले निजीलाई निजी र सामुदायिकलाई सामुदायिक तथा क्याम्पसलाई क्याम्पसमै सेन्टर बनाउन निर्देशन दिएको थियो । निर्देशनअनुसार हामीले केन्द्र कायम गरेको जानकारी गराउँदै काठमाडौंका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालले केन्द्र छनोट गर्दा कुनै विवाद नभएको दाबी गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार