समाजवादी माेर्चा नेपालकाे बैठक सर्यो : भाेलि बिहान ७ बजे बस्ने

२०८० भाद्र ३ गते, आईतवार

काठमाडौँ । आज साँझ ६ बजे बस्ने भनिएको समाजवादी माेर्चा नेपालकाे बैठक भाेलि बिहान ७ बजेका लागि सारिएको छ । बैठक भाेलि बिहान ७ बजे नेकपा (एस) काे केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।
गत साउन २४ गते, बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोक नगरमा बसेको समाजवादी मोर्चा नेपालको सचिवालय बैठकले आगामी भदौ ९ गतेदेखि १५ गतेसम्म समाजवादी मोर्चा नेपालका मुख्य नेताको सहभागितामा सातै प्रदेशमा सन्देश प्रवाह कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई लागू गर्ने लगायतका बिषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]