दक्षिण कोरियाका प्रधानमन्त्रीले राजीनामा दिए
काठमाडौँ,१४ वैशाख । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ होङ वनले राजीनामा दिएका छन् ।फेरी दुर्घटनाको विषयलाई लिएर, आलोचना, विवाद र विरोध चर्किँदै गएपछि प्रधानमन्त्री चुङले राजीनामा दिएका हुन् । दुई हप्ताअघि ४ सय ७६ जना सवार फेरी समुद्रमा दुर्घटना हुँदा १ सय ८३ जनाको ज्यान गएको थियो भने सय भन्दा धेरै अझै बेपत्ता छन् ।
दुर्घटनापछि आक्रोशित मृतक र बेपत्ताका आफन्तले प्रधानमन्त्री चुङमाथि पानीको बोत्तल प्रहार गरेका बिबिसीले जनाएको छ । सरकारले बेपत्ताको खोजी चलिरहेको तर समुद्रमा आँधीले गर्दा समस्या परेको बताएको छ ।