तरकारी बजारमा आगलागी ,डेढ करोडको क्षति

२०७१ बैशाख १५ गते, सोमबार

काठमाडौं, १५ वैशाख– कोटेश्वरस्थित काभ्रेली तरकारी तथा फलफूल बजारमा आज बिहान भीषण आगलागी भएको छ । आगलागीबाट १५ वटा टहरामा रहेका तरकारी तथा फलफूल पसल र केही खाद्यान्नका थोक पसल समेत जलेर नष्ट भएका छन् ।
महानगरीय प्रहरी वृत्त कोटेश्वरसँगै रहेको तरकारी बजारमा बिहान करिब चार बजेतिर आगलागी भएको थियो । आगलागीबाट करिब डेढ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु