आज आमाको मुख हेर्ने दिन

२०७१ बैशाख १६ गते, मंगलवार


काठमाडौं, १६ वैशाख – आज जन्मदिने आमाको मुख हेर्ने दिन । आमालाई मिठामीठा परिवकार खुवाएर यो पर्व मनाइने गरिन्छ ।वैशाख कृष्णपक्ष औसीको दिन नेपालीले यो पर्व मनाउने चलन छ ।बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौं थानकोट नजिकैको मातातीर्थमा मेला लागेको छ । बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ ।
यस्तै भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरि तर्पण दिईरहेका छन् । आमाको लागि मीठा परिकार किन्नेहरुको मिठाई पसलहरुमा भीड छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुगेका छन् । घर जान नपाएकाहरुले भने टेलिफोन गरेर आमालाई सम्झेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु