जहाज भित्रिनुको भित्रि रहस्य
काठमाडौं । नेपाल बायु सेवा निगमले २८ वर्षपछि नया जहाज भित्र्याएको छ । तर उक्त जहाज दुइ बर्ष अगाडी नै भित्रि सक्नु पर्ने रहस्योद्घाटन भएको छ । उक्त जहाज भित्र्याउन तत्कालिन पर्यटन मन्त्रि खड्गबहादुर बिस्वकर्मा प्रकाण्डले तयारि गरि सकेका थिए , तर तत्कालिन अर्थ मन्त्रि , पर्यटन क्षेत्रका भ्रस्ट कर्मचारी र दलालहरुको कारण ढिलो हुन् पुगेको निगमका कर्मचारीहरु बताउछन । निगमका कर्मचारीहरु भन्छन ‘जे होस् २८ वर्षपछि निगमले नया जहाज पाएको छ , यो सबैको श्रेय तत्कालिन पर्यटन मन्त्रि प्रकाण्डलाइ जान्छ ।उनकै पहल कदमी र दृढ अठोटका कारण निगमले आज नया जहाज पाएको छ । अब यसलाई जोगाएर निगमको अस्तित्व जोगाउन सबै दृढ हुनुपर्छ ‘
यसै सन्धर्भमा पूर्व पर्यटन मन्त्रि प्रकाण्डले आफ्नो फेसबुक मार्फत जहाज भित्रिएकोमा खुसि ब्यक्त गरेका छन् । उनले आफ्नो फेसबुकमा राखेको बिषय यस प्रकार रहेको छ – “११ अगस्ट २०११ मा प्रथम पटक नेपाल सरकार, पर्यटन मन्त्रालयको तर्फवाट हामीले चिनियाँ कम्पनी Avic International Holding Corporration, Beijing लाई नेपाल वायूसेवा निगमकालागी MA60 र Y12E जहाज खरिद प्रक्रिया सम्विन्धि गरिएको पत्राचार र सम्झौतानुसार विविध कारणवस् तत्कालिन सरकारले राजिनामा दिएको मितिले २ महिना पछि आउनपर्ने जहाज ढिलोगरिभएपनि नेपाल वायूसेवा निगमको ईतिहासमा २८ वर्ष पछि आज नेपाल आईपुगेको अवसरमा यसका निम्ति नेपाल वायूसेवा निगम संचालक समितिलाई धन्यवाद व्यक्त गर्दै संचालक समितिले यसको राम्रो व्यवस्थापन र जनतालाई राम्रो सेवा प्रदान गरोस् । यसले वायूसेवा निगमलाई निजिकरण गरि खाने षड्यन्त्रहरु असफल भएका छन् ।”