माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला

२०८० भाद्र १० गते, आईतवार


काठमाडौँ । माण्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ । सर्वसाधारणलाई १०० रुपैयाँ अंकित सेयरमा १०६ रुपैयाँ प्रिमियम मूल्य थपेर आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशतले हुन आउने सेयर बिक्री गर्ने योजना बनाएको छ ।
कम्पनीले आजदेखि स्थानीयमा बिक्री नभएको सेयरसहित गरी १३ लाख ६ हजार ३०६ कित्ता सेयर बिक्री गर्न थालेको जनाएको छ । यसमध्ये कर्मचारीलाई २८ हजार ८५३ कित्ता सेयर छुट्याइएको छ भने सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार ७३० कित्ता सेयर बिक्री खुलाएको थियो । तर, ७९ हजार कित्ता सेयर भने बिक्री भएको थिएन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार