ट्रम्पको मगसट बिक्री गरेर ७.१ मिलियन डलर आम्दानी !

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले उनको ‘मग सट’ प्रिन्ट गरेर ७.१ मिलियन डलर उठाएको छ। बिहीबार जर्जियाको एटलान्टाको जेलमा उनको पुलिसले ‘मग शट’ लिए पछि त्यो तस्विर बिभिन्न बस्तुमा प्रिन्ट गरी बिक्री गरेर सो बराबर पैसा उठाएको हो।
ट्रम्प रिसाएको अनुहार भएको ‘मग सट’लाइ कफी पट, टी-सर्ट, पेय सामाग्री कुलर जस्ता व्यापारिक सामानहरूमा प्रिन्ट गरेर बजारमा लगिएको थियो। प्रहरीले त्यो बेला लिएको मग सटलाइ ट्रम्पका चुनावी अभियानले आर्थिक संकलनको माध्यम बनाएका छन्। – एजेन्सी