सुरक्षित मातृत्व अभियान सुरुहुदै

२०७१ बैशाख १६ गते, मंगलवार

काठमाडौ, १६ वैशाख ।सरकारले आजदेखि ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ नाराका साथ एक महिने सुरक्षित मातृत्व अभियान शुरु गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले सञ्चालन गर्ने अभियान अन्तर्गत महिनाभर महिलाको गर्भावस्था, सुत्केरी हुँदा र भइसकेपछिको स्वास्थ्य सुरक्षा सम्बन्धमा जनचेतना जगाउने गरी प्रचारप्रसार गर्ने, र्‍याली, छलफल लगायतका कार्यक्रम गरिनेछ ।
यस्तै गर्भावस्थामा चार पटक स्वास्थ्य जाँच, स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने, यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवाबारे पनि जनचेतनामूलक कार्यक्रम हुने परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार लक्षित वर्गमा जनचेतना जगाई गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा आमा र शिशुमा हुने खतरालाई बेलैमा पहिचान गरी व्यवस्थापन गर्ने, व्यवस्थापन हुन नसक्ने अवस्था पत्ता लगाई उचित ठाउँमा पठाउने र आमा र बच्चाको ज्यान जोगाउने जस्ता सन्देश र सेवाका बारेमा समुदायसम्म सूचना पुर्‍याउने लक्ष्य लिइएको छ ।
नेपालले पछिल्लो समयमा मातृ तथा बालमृत्यु कम गर्नमा उल्लेखनीय प्रगति गरेको छ । तर मातृशिशु मृत्यु अझै पनि तुलनात्मक रुपले उच्च रहनु, आधा जसो जन्म घरमै हुनु, गर्भवती र सुत्केरी हुँदा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँच कम हुनु, सरकारले सन्चालन गरेको कार्यक्रमबारे जनचेतना कम हुनु, यौन तथा प्रजनन स्वास्थ्य, पोषण र स्वस्थ व्यवहारको आवश्यकताबारे जानकारी नहुनु मुख्य चुनौतीका रुपमा देखिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार