नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (ए.स.) का अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच सोमबार साँझ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा एमसीसी कार्यान्वयन गर्न नहुने बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा एमसीसी आर्थिक सहयोग, उद्धार र विकासको प्रोजेक्ट नभई अमेरिकी साम्राज्यवादको नेपाल विरुद्धको सैन्य मोर्चा भएकोले कार्यान्वयन गर्न नहुने बिषयमा दुई नेताबीच छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा समाजवादी मोर्चा राष्ट्रिय स्वाधिनता र समाजवादको लागि बनेकोले एमसीसी जस्तो रास्ट्रघाती सम्झौता कार्यन्वयन हुन् नदिन मोर्चा सचेत हुनुपर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी , उक्त भेटवार्तामा आमक्रान्तिकारी, देशभक्त र प्रगतिशील राजनीतिक दल , नेता र आमस्वाभिमानी जनताले समेत एम्सिसिको बिरोध गरिरहेकोले जुनसुकै मूल्यमा एमसीसी कार्यान्वयन हुनबाट रोक्नु पर्ने बिषयमा दुई नेता बीच गम्भीर र सकारात्मक छलफल भएको बताइएको छ ।