कालीगण्डकी ‘ए’ को उत्पादन आधा घट्यो
काठमाडौ,१७ वैशाख – स्याङ्जाको श्रीकृष्णगण्डकी गाविसस्थित देशकै सबैभन्दा ठूलो विद्युत् उत्पादन गृह कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा पानीको बहाव घटेसँगै अहिले औसत उत्पादन ५५ मेगावाटमा सीमित बन्न पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् विभागका प्रमुख दीर्घायु श्रेष्ठका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव १४४ क्युसेक हुनुपर्नेमा सो घटेर जम्मा ५५ क्युसेकमा सीमित रहेकाले उत्पादन पनि घट्न गएको हो ।
‘पूरै १४४ मेगावाट विद्युत् उत्पादन हुनका लागि पानीको बहाव १४४ क्युसेक हुनुपर्छ’– श्रेष्ठले भने ‘पानीको बहाव घटेकाले हाल विद्युत्गृहले दुईवटा टर्वाइनमार्फत ५५ मेगावाट विद्युत् औसतमा उत्पादन गर्ने गरेको छ ।’
कुल ४८–४८ मेटावाट उत्पादन क्षमता रहेको तीनवटा टर्वाइन रहेको कालीगण्डकी ‘ए’ विद्युत्गृहले ‘पिक आवर’मा भने आवश्यकताअनुसार ८० देखि ८५ मेगावाटसम्म पनि उत्पादन लिने गरिएको प्रमुख श्रेष्ठले बताए ।