मच्छिन्द्रनाथको रथयात्रा आजबाट

२०७१ बैशाख १७ गते, बुधबार


काठमाडौं, १७ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज ललितपुरमा सुरु हुंदैछ । ललितपुरको पुल्चोकबाट बाजागाजाका साथ रथ तान्ने क्रम सुरु हुन्छ । करीब एक हजार ६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा पाटनको सबैभन्दा महत्वपूर्ण जात्रा मानिन्छ । प्राचीनकालमा नेपालमा पानीको हाहाकार भएपछि राजा नरेन्द्र देव, ललितपुरका ज्यापू र प्रसिद्ध तान्त्रिक बन्धुदत्त वज्राचार्यले भारतको आसामबाट रातो मच्छिन्द्रनाथलार्ई नेपाल ल्याएको र त्यसपछि वर्षा भएको किम्वदन्ती छ ।
यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् । मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकबाट तानेर मंगलबजार, लगनखेलहुदै जाउलाखेल पु¥याएर भोटो देखाउने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु