व्यक्तिगत स्वार्थका लागि पार्टी एकिकरण हुन् सक्दैन : विप्लब

काठमाडौं । नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्द विप्लबले कसैको व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी एकिकरण हुन् नसक्ने बताएका छन् ।१२५ औं अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले राजधानीको शान्ति बाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले नेकपा–माओवादीले श्रमजीबी मजदुरको मुक्ति नगरी क्रान्तिबाट बिस्राम नलिने उदघोस गरे ।सचिव विप्लवले अहिले नेपालमा शान्तिका नाममा सीमित व्यक्तिहरुले ब्राहलुट गरेको भन्दै स्थायी शान्तिका लागि आवश्यक परे अन्तिम लर्डाई लड्न तयार रहेको समेत बताए। विप्लवले वषौर्ंदेखि नेपाली जनताले साँचेको शान्तिको सपनालाई संसदवादीहरुले चुँडेर सिध्याएको आरोप लगाए । सभामा विप्लवले भने, ‘शान्तिविरोधी आफूलाई खुव शान्तिप्रेमी भएको नाटक देखाइरहेका छन्, वास्तवमा उनीहरु शान्तिको नाममा मुलुकमा ब्रम्हलुट गरिरहेका छन् ।’ आपनो पार्टी स्थायी शान्तिका पक्षमा रहेको बताउँदै उनले यदि नक्कली शान्तिका नाममा राज्यलाई खोक्रो बनाउने र मजदुरलाई प्रताडित गरिन्छ भने आफूले जस्तोसुकै लर्डाई लड्न पनि तयार भएको बताए । ‘हामीले यत्तिमात्र भनेका छौं कि मजदुर, किसान र गरिव गुरुवाको राज्यसत्ता बनाऔं,’ विप्लवले थपे, ‘तर हामीलाई थाहा छ उनीहरु मजदुर किसानलाई सत्ता दिंदैनन् किनकी त्यसो भयो भने उनीहरुको सत्ता गुम्छ ।कार्यक्रममा नेकपा-माओवादीका केन्द्रीय सदस्य एवं नेवाः राज्य समिति इन्चार्ज दिनेश शर्माले मजदुरहरु सँधै परिवर्तनका पक्षधर हुने भन्दै एकपल्ट अन्तिम विजयका लागि मजदुरहरु जुर्मुराउनैपर्ने धारणा राखे । अखिल नेपाल क्रान्तिकारी टे्रड यूनियन महासंघका केन्द्रीय संयोजक रामदिप आचार्यले सुधारवादी र संशोधनवादीहरुले मजदुर आन्दोलनको मर्म र भावनामाथि तुषारापात गरेको बताए । ‘अहिले हाम्रा अगाडि क्रान्तिकारी मजदुर आन्दोलनको रक्षा र विकास प्रमुख चुनौति हो, रामदिपले भने, ‘अहिलेको यो मे दिवसमा हामी सबैले साँच्चिकै मजदुर मुक्तिको आन्दोलनका लागि लाग्न प्रतिवद्धता व्यक्त गरौं ।’ रत्नपार्कको शान्तिबाटिकामा आयोजना गरिएको मे दिवसको कार्यक्रममा उपत्यकाका हजारौं मजदुरहरुले सहभागिता जनाएका थिए । ललितपुरको कुपण्डोल, काठमाडौंको ठमेल र पुरानो बसपार्क एवं भक्तपुरको कोटेश्वरबाट मजदुरहरुको जुलुश शहरका मुख्य मुख्य भाग परिक्रमा गरी शान्तिबाटिकामा पुगेर मजदुर सभामा परिणत भएको थियो । कार्यक्रममा सेन चेन परिवारले मजदुरका गीत गाएर मनोरञ्जन प्रदान गरेको थियो । अमेरिकाको सिकागो शहरमा आजभन्दा १ सय १४ वर्षघि त्यहाँका मजदुरले अधिकारका निम्ति ऐतिहासिक व्रि्रोह गरेका थिए । सो व्रि्रोहसामु तत्कालीन सत्ता झुकेर मजदुरलाई ८ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार दिन बाध्य भएको थियो । सोही व्रि्रोह र विजयको सम्झनामा विश्वभर मे १ तारिखका दिन अन्तर्रााट्रय मजदुर दिवस मनाउने प्रचलन छ ।
यसैगरी अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासङ्घ चितवनले १२५ आैँ मे दिवसको अवसरमा भरतपुरमा आयोजना गरेको कार्यक्रममा नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले अहिलेको संविधानसभाबाट जनताको संविधान नबन्ने दाबी गरेका छन् ।उनले नेपाली काँग्रेस र नेकपा एमालेले जनताको संविधान जारी नगरी मात्र एक थान संविधान जारी गर्ने ठोकुवा गरेका हुन् ।गौरबले पहिलो संविधानसभाबाट जनताको संविधान बन्ने निश्चित भएपछि काँग्र्रेस र एमालेले एमाओवादी नेताहरुलाई आफ्नो षड्यन्त्रमा पारेर मध्यरात संविधानसभा विघटन गरेको आरोप लगाए ।अबको क्रान्ति पूरा गर्ने जिम्मा आफ्नो पार्टीको रहेको बताउँदै उनले जनताको संविधान निर्माणका लागि आफूहरुले सडक सङ्घर्ष गर्ने वताए ।
यसैबीच ,१२५ औं अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्किको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले आफ्ना कार्यकर्तालाई झुठा मुद्धा लगाएर जेल हाले आफूहरुले पनि जनअदालत गठन गर्ने चेतावनि दिएका छन् ।उनले कार्यकर्तालाई झुठा मुद्धा लगाएर जेल हाले तिनीहरुलाई जनअदालत गठन गरेर कारबाही गर्ने भन्दै जनअदालतले फाँसी सम्मको सजायँ दिने चेतावनी दिएका हुन् ।मुलुकको परिवर्तनको लागि मजदुरको योगदान अतुलनिय रहेको बताउँदै थापाले नेतृत्वको कारणले मजदुरको मुद्धा स्थापित हुन नसकेको आरोप लगाए ।वर्तमान अवस्थामा स्थानीय निकायको निर्वाचनको कुनै अर्थ नहुने बताउँदै उनले वर्तमान अवस्थामा गरिने स्थानीय निकायको निर्वाचनले भ्राष्टाचार बढाउने बताए ।