सुन तस्करी प्रकरण: थप एक जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । सिआईबीले सुन प्रकरणमा पछिल्लो पटक बाराका शिव कुमार सफरलाई पक्राउ गरेको हो ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।
यसैबीच, सिआइबीले सुन तस्करी प्रकरणमा कनेक्सन देखिएकाले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको थियो ।