गोलमेच सभाबाट राजनीतिक निकास खोजिनुपर्छ : किरण

२०७१ बैशाख १८ गते, बिहीबार


काठमाडौ, १८ बैसाख । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सत्ताधारी पार्टीहरु मुखले सबै पक्षसँग मिलेर जाने भनेपनि पूरानै ढर्राबाट एकल ढंगले अगाडी बढेकाले राजनीतिक समस्या झन गहिरिदै गएको बताए । किरणले संविधानसभावाट जनताको पक्षमा संविधान नबन्ने भन्दै गोलमेच सभाबाट राजनीतिक निकास खोजिनुपर्छ भने ।
संवाद डवलीमा कवि मित्रलाल पगेनीद्धारा लिखित ‘त्यो नायक’ खण्डकाब्य सार्वजनिक गर्दै अध्यक्ष किरणले सो विचार ब्यक्त गरेका हुन् । ‘सरकार भित्र र वाहिरका पार्टीहरुले जनताको भावना विरुद्धमा गए त्यसको प्रतिरोध हुने र त्यसको नेतृत्व हाम्रो पार्टीले गर्छ’ किरणले भने ।
मजदूर दिवसको सन्दर्भमा बोल्दै किरणले अहिले श्रमजिवी मजदूर वर्गले अहिलेसम्म गरेको आन्दोलनलाई नेताहरुले सम्झौतामा टुङ्ग्याउदै धोका दिएकाले चाहे अनुसारको परिवर्तन हुन नसकेको बताए । सम्पूर्ण श्रमजीवी वर्गलाई नयाँ क्रान्तिका लागि गोलबद्ध हुन उनले आग्रह गरे ।
खण्डकाव्यको चर्चा गर्दै वैद्यले नेतृत्व भनेको कुनै अमुख व्यक्ति नभएको बताए । ‘अहिलेसम्मका आन्दोलनको नेतृत्व गर्ने नेताले आफूलाई महान् ठानेकाले धोका भएको छ’ उनले भने । राजनीतिक नेतृत्वले गर्नुपर्ने राजनीतिक, दर्शन, समालोचनाको काम साहित्य क्षेत्रले गरेको भन्दै किरणले खुशी व्यक्त गरे ।
खण्डकाव्यमाथि प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. जगदीशचन्द्र भण्डारी लगायतका बक्ताले विभिन्न पक्षको चर्चा गरेका थिए । कार्यक्रममा खण्डकाब्यका लेखक साहित्कार पंज्ञानीले पटक–पटकका बलिदानपूर्ण संघर्षमाथि नेतृत्वले धोका दिएको भन्दै अबका नेतृत्वले त्यो धोका नदिन सचेत गराउन खोजेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार